यस्तो छ, दयाहाङ–मिरुना अभिनित ‘नाङ्गो गाउँ’ काे टिजर (भिडियाे)

काठमाडाैं | साउन ९, २०८०

यस्तो छ, दयाहाङ–मिरुना अभिनित ‘नाङ्गो गाउँ’ काे टिजर (भिडियाे)

काठमाडौं:   भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’को टिजर सार्वजनिक भएको छ ।

 

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमान्दार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा फिल्मको टिजरमा देखाइएको छ । 
 

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 
 

सार्वजनिक टिजरमा समावेश गरिएको कमेडी, पारिवारिक कथा, राजनीतिक बिषयवस्तुले दर्शकको मन छुने पक्का छ । 
 

यो फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय छ । 

 

 

यसअघि फिल्म ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ बर्षकै प्रतिक्षित फिल्म बनेको छ । टिजरले यो प्रतिक्षालाई अझै बढाएको छ । 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्